विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

काठमाडौं। अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो।

अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। विभागले पहिलो चरणमा २०८२ पुस १७ गतेदेखि काठमाडौं उपत्यकाका तारे होटलहरूमा र दोस्रो चरणमा २०८२ फागुन १७ गतेदेखि देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज लगायतका संस्थामा प्रणाली लागू गरिसकेको जनाएको छ।

कार्यक्रममा हालसम्म एफएनएमआईएसमा दर्ता नभएका उपत्यकाभित्रका तारे होटल, गेस्ट हाउस तथा रिसोर्टहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने, प्रणाली सञ्चालनबारे जानकारी दिने तथा दर्ता कार्यलाई सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो। 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपालको आतिथ्यता विश्वभर परिचित रहेको उल्लेख गर्दै यही कारण ४० प्रतिशतभन्दा बढी पर्यटकले नेपालमा पुनः भ्रमण गर्ने गरेको बताए। उनले नेपालको पर्यटन विकासमा होटल, रिसोर्ट तथा होमस्टे क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे।

सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै आएको उल्लेख गर्दै घिमिरेले एफएनएमआईएस प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको भ्रमणलाई अझ सुरक्षित बनाउनुका साथै सेवा प्रवाहमा गुणस्तर बढाउने विश्वास व्यक्त गरे।

साथै सम्बन्धित संस्थाका व्यवस्थापक तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।

अध्यागमन विभागले पर्यटन क्षेत्रसँग आबद्ध सबै संस्थालाई एफएनएमआईएस प्रणालीमा आबद्ध भई विदेशी पर्यटकको विवरण व्यवस्थापनलाई व्यवस्थित र विश्वसनीय बनाउन आग्रह गरेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।