प्रेस स्वतन्त्रताको पक्षमा जेठ १४ गते ‘कालो’ राख्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको अस्तित्वमाथि हस्तक्षेप भएको भन्दै देशभरका सञ्चारमाध्यमलाई जेठ १४ गते सम्पादकीय वा अन्य उपयुक्त स्थानमा ‘कालो’ राखेर ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले पत्रकारमाथि निगरानी बढाउने, समाचार संकलनमा अवरोध गर्ने, श्रमजीवी पत्रकारको अधिकार संरक्षण नगर्ने तथा आर्थिक नाकाबन्दी गर्ने गतिविधि गरिरहेको आरोप लगाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णयप्रति विशेष आपत्ति जनाइएको छ । उक्त निर्णयअनुसार सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने व्यवस्था गरिएको भन्दै महासंघले यसलाई स्वेच्छाचारी र विभेदकारी निर्णयको संज्ञा दिएको छ ।

महासंघका अनुसार उक्त निर्णयले देशभरका सामुदायिक तथा निजी सञ्चारमाध्यमको दीगोपनमाथि गम्भीर असर पार्नुका साथै श्रमजीवी पत्रकारको पेसागत सुरक्षामा समेत चुनौती सिर्जना गरेको छ ।

उक्त निर्णय खारेजको माग गर्दै महासंघले चरणबद्ध दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ । आन्दोलनअन्तर्गत जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राखेर समर्थन जनाउन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको हो ।

महासंघले यसअघि सञ्चालन गरिएका आन्दोलन तथा दबाबमूलक कार्यक्रममा साथ र समर्थन गर्ने सञ्चारमाध्यमप्रति आभार समेत व्यक्त गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।