आइपीएलको फाइनल खेल आज, बैंग्लरू र गुजरात फाइनलमा भिडदैँ

अहमदावाद, १७ जेठ । भारतको सबैभन्दा ठुलो खेल इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को आज फाइनल भिडन्त हुदैँछ । 

आइपीएल २०२६ का उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स भिड्ने भएका छन् । दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्।
 
आज बेलुकी नेपाली समयअनुसार ७ः४५ बजे, नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा सो भिडन्त हुनेछ ।
 

अहमदाबादमा हुने फाइनल खेलका लागि यसअघि खेलिएको क्वालिफायर–१ भिडन्तमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको थियो । उक्त खेलमा बेंगलुरुका कप्तान रजत पाटीदारले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका हुन्।
 
लिग चरणमा १० टोलीमध्ये शीर्ष स्थानमा रहेको बेंगलुरु समग्रमा पाँचौँ पटक फाइनलमा पुगेको हो। यसअघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलिसकेको छ।

यता, क्वालिफायर–१ मा व्यहोरेको पराजय भोगे पनि गुजरात टाइटन्सले क्वालिफायर–२ मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै   स्तब्ध पार्दै फाइनलमा आइपुगेको हो । गुजरातका कप्तान शुभमन गिलले उक्त महत्त्वपूर्ण खेलमा शतकीय प्रहार गर्दै टोलीलाई फाइनलको टिकट दिलाएका थिए। कप्तानका रूपमा गिलको यो पहिलो आईपीएल फाइनल यात्रा हो।

 
यसअघि गुजरात टोली हार्दिक पाण्ड्याको कप्तानीमा २०२२ र २०२३ मा फाइनलमा पुगेको थियो। ५ वर्षको इतिहासमा गुजरातको यो तेस्रो फाइनल यात्रा हो।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।