प्रदेशस्तरीय महिला क्रिकेटमा रुपन्देही च्याम्पियन, दाङ उपविजेता

भैरहवा, २१ जेठ । एन्जिला पाठकको अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीको पोल्टामा परेको छ । फाइनलमा दाङले दिएको सामान्य लक्ष्यलाई रुपन्देहीले मात्र ११ ओभरमा पूरा गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको हो ।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न तीनदिने प्रतियोगिताको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा ९५ रन बनाएको थियो। ९६ रनको लक्ष्य पछ्याएको रुपन्देहीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै सहज जित हात पार्यो।

उपाधिसँगै रुपन्देहीले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता दाङले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

फाइनल खेलमा ५१ रनको आकर्षक पारी खेलेकी एन्जिला पाठक (एन्जी) प्रतियोगिताकी सर्वाधिक चर्चित खेलाडी बनिन्। उनले प्लेयर अफ द म्याच, बेस्ट ब्याटर र प्लेयर अफ द सिरिज तीनवटै व्यक्तिगत पुरस्कार आफ्नो नाममा पारिन्। प्रतियोगिताकी उत्कृष्ट बलरको पुरस्कार सिता गिरीले प्राप्त गरिन्।

समापन समारोहमा युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले महिला खेलकुदको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रतिभावान खेलाडीलाई अवसर र प्रोत्साहन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनले महिला क्रिकेटको विस्तारले राष्ट्रिय टोलीका लागि नयाँ प्रतिभा उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका प्रमुख हरि बहादुर विष्टले खेलकुदले समाजलाई सकारात्मक दिशा दिने भएकाले महिला सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिइने बताए। खेलकुदमार्फत अनुशासन, नेतृत्व र आत्मविश्वासको विकास हुने उनको भनाइ थियो।

क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले प्रतियोगिताले प्रदेशभर महिला क्रिकेटको आधार विस्तार गर्न महत्वपूर्ण योगदान दिएको बताए। उनले आगामी वर्षहरूमा अझ व्यापक र प्रतिस्पर्धात्मक ढंगले प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

सामाजिक विकास डिभिजन कार्यालयका लेखा अधिकृत टोलप्रसाद पोखरेलले खेलकुद क्षेत्रमा गरिने लगानीले समाज र राष्ट्रलाई दीर्घकालीन लाभ पुग्ने उल्लेख गर्दै महिला खेलाडीको क्षमता विकासमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।

समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरि थापा, क्यानका पूर्व सदस्य प्रशान्त विक्रम मल्ल, राष्ट्रिय क्रिकेट प्रशिक्षक विनय शाही, रुपन्देही क्रिकेट संघका सल्लाहकार विनय ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले महिला क्रिकेटप्रति आकर्षण बढाउनुका साथै प्रदेशमा नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।