भुटानलाई ५१ रनले पराजित गर्दै नेपाल दोस्रो पटक बिजेता

काठमाडौं, २१ जेठ ।  नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।

एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोडदा नेपाल ५१ रनले बिजेता बनेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।
 
जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
 
नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जिन हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖