रास्वपाद्वारा आजदेखि देशभरका जिल्लामा जिल्ला अधिवेशन सुरु गर्दै संगठन निर्माणलाई दियो तीव्रता
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि देशभरका जिल्लामा जिल्ला अधिवेशन सुरु गर्दै संगठन निर्माणलाई तीव्रता दिएको छ। पार्टीले ७७ जिल्लामध्ये अधिकांशमा तदर्थ समिति गठन गरिसकेको छ भने अब नेतृत्व चयन र संगठन सुदृढीकरणको प्रक्रिया अघि बढ्नेछ।
यद्यपि, मनाङ र मुस्ताङ मा वडा तथा पालिका अधिवेशन नै सम्पन्न नभएकाले यसपटक जिल्ला अधिवेशन नहुने भएको छ। पार्टीको निर्णयअनुसार कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएका जिल्लामा मात्र जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरिएको थियो।
आज र भोलि जिल्ला अधिवेशन सकिएपछि जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन हुनेछ।
त्यसपछि सबैको ध्यान चितवनमा हुने रास्वपाको प्रथम महाधिवेशन मा केन्द्रित हुनेछ, जुन असार ७ देखि ९ गतेसम्म आयोजना हुँदैछ।


