फिफा विश्वकपको उदघाटन र समापन दुवै समारोहमा सकिराको प्रस्तुती हुने

काठमाडौं, २३  जेठ । कोलम्बियाली पप स्टार शकिराले मेक्सिकोमा हुने प्रतियोगिताको उद्घाटन समारोहमा २०२६ को विश्वकपको लागि आफ्नो आधिकारिक गीत प्रस्तुत गर्ने छिन्।
 
शकिराले जुन ११ बिहीबार मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा बर्ना ब्वायसँगै ‘दाई दाई..’ प्रस्तुत गर्नेछिन्, जुन प्रस्तुती प्रतियोगिताको १०४ खेलहरू मध्ये पहिलो खेल मेक्सिको र दक्षिण अफ्रिकाले खेल्नु अघि हुनेछ।
 
‘दाई दाई’ एक इटालियन वाक्यांश जसको अर्थ ‘जाऔं जाऔं वा आउनुहोस’ भन्ने हुन्छ । कोलम्बियाली रेगेटन स्टार जे बाल्भिन र दक्षिण अफ्रिकी गायक÷गीतकार टायलाले पनि मेक्सिकोमा हुने कार्यक्रममा प्रस्तुति दिने छन्। 

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोका आयोजक राष्ट्रहरूमा खेलिने प्रत्येक पहिलो खेल अघि उद्घाटन समारोह हुनेछ।
 
क्यानडाले जुन १२, शुक्रबार बोस्निया र हर्जेगोभिनासँग खेल्नु अघि क्यानेडियन गायक–गीतकार माइकल बुबल र एलानिस मोरिसेटले टोरन्टोको बिएओ फिल्डमा उद्घाटन समारोहको नेतृत्व गर्ने छन्।
 
संयुक्त राज्य अमेरिकामा पप स्टार केटी पेरी र र्‍यापर फ्युचरले शुक्रबार १३ जुन शनिबार लस एन्जलसको सोफी स्टेडियममा पाराग्वे विरुद्धको संयुक्त राज्य अमेरिकाको खेल अघि प्रस्तुति दिने छन्।
 
शकिरा, म्याडोना र के–पप ब्वाय ब्यान्ड बिटिएस सँगसँगै १९ जुलाईमा यस गर्मीको विश्वकप फाइनल, न्युयोर्कमा सुपर बाउल–शैलीको हाफ–टाइम शोको सह हेडलाइन पनि गर्ने छन्।
 
२०२६ फिफा विश्वकपको फाइनल मेटलाइफ स्टेडियममा हुनेछ, जसलाई फिफाले ‘न्यूयोर्क न्यू जर्सी स्टेडियम’ भनेर चिनाएको छ । फाइनल खेल १९ जुलाई आइतबार हुनेछ, जहाँ ८२ हजार ५०० दर्शकले प्रत्यक्ष हेर्न सक्ने छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।