रास्वपा सुनसरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सागर दाहाल सभापतिमा निर्वाचित
सुनसरी, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। अधिवेशनको अन्तिम मत परिणामअनुसार सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
दाहालले १४२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण रौनियार ले ७४ मत, मोहन निरौला ले ६२ मत र चक्र विष्ट ले १० मत प्राप्त गरेका थिए।
उपसभापति पदमा राजेशमान श्रेष्ठ भारी मतका साथ निर्वाचित भएका छन्। श्रेष्ठले १९७ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी देविका भण्डारी ले ७४ मत प्राप्त गरिन्।
अधिवेशनले सचिव र सहसचिव पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। राजाराम कुमार मेहता सचिव तथा योगेन्द्र गिरी सहसचिव पदमा निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी जिल्ला सदस्य पदमा निम्न उम्मेदवारहरू निर्वाचित भएका छन्–
लक्ष्मी सुवेदी – २०९ मत
राजकुमारी मेहता – १६९ मत
धरमवीर आर्य – ११२ मत
रेणुका हरिजन – १०९ मत
गोकुल थापा – १०७ मत
नयाँ नेतृत्व चयनसँगै रास्वपा सुनसरीले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


