सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको गृहकार्य: कांग्रेसमा शक्ति सन्तुलन मिल्दा एमालेमा दबाब

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच मन्त्री फेरबदलको गृहकार्य तीव्र बनेको छ। नेपाली कांग्रेसभित्र मन्त्री परिवर्तन गर्ने सहमति जुटेसँगै प्रमुख सत्ता साझेदार नेकपा (एमाले) भित्र पनि मन्त्रीहरू बदल्नुपर्ने दबाब चुलिएको हो। यससँगै सुदूरपश्चिम सरकार पुनर्गठनको दिशामा अघि बढेको छ।

लामो समयदेखि कांग्रेसभित्र चुलिएको संसदीय दलको नेता परिवर्तनको विवाद अन्ततः मन्त्रालय भागबण्डामा सहमति भएसँगै तत्कालका लागि साम्य भएको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन सरकार क्रियाशील छ, जसमा कांग्रेसको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय रहेका छन्।

पार्टीको केन्द्रमा समीकरण फेरबदल भएसँगै सुदूरपश्चिममा पनि संस्थापन र इतर पक्षबीच शक्ति सन्तुलन मिलाउने प्रयास थालिएको थियो। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह यथावत रहने गरी गगन थापा पक्षलाई सरकारमा सम्मानजनक हिस्सेदारी दिने सहमति भएको छ। सहमतिअनुसार शेरबहादुर देउवा पक्षले आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास राज्यमन्त्री लिनेछ भने गगन पक्षको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सहित एक राज्यमन्त्री पर्नेछ।

नयाँ सहमतिसँगै कांग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरूको दौडधुप सुरु भएको छ। गगन पक्षबाट पदमबहादुर शाही, मानबहादुर रावल र बेलबहादुर रानामध्ये दुई जना मन्त्री बन्ने सम्भावना छ भने राज्यमन्त्रीका लागि गीता चौधरी, तुलसी देवकोटा र जुना दानीको नाम चर्चामा छ। यता, देउवा पक्षको भागमा परेको आर्थिक मामिला मन्त्रालयका लागि विक्रमसिंह धामी र डम्बरी महरा (रक्षा) मुख्य दाबेदार देखिएका छन्। हाल सुदूरपश्चिममा कांग्रेसका १८ प्रदेशसभा सदस्यमध्ये संस्थापन पक्षमा ९ र इतर पक्षमा ८ जना रहेका छन् भने एक सांसद प्रकाश देउवा हाल अमेरिकामा छन्।

कांग्रेसले मन्त्री हेरफेरको गृहकार्यलाई अन्तिम चरणमा पुर्‍याएपछि सत्ता साझेदार नेकपा (एमाले) भित्र पनि मन्त्रीहरू परिवर्तन गर्नुपर्ने मागले व्यापकता पाएको 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।