एसियन गेम्स छनोट २०२६ को उपाधि नेपाललाई

काठमाडौं, २५ जेठ । नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। 

जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो  । र

सोमबार सिंगापुरमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। ११.३ ओभरमा नेपाल ११४.२ को अवस्था बिधमान थियो ।

त्यतिबेला नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए। त्यसअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडि सकेका थिए। 

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। 

उसका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको प्रहार गरेर ५५ रन बनाएका थिए। 

बलिङमा नेपालका शेर मल्लले ४ विकेट लिएका थिए भने करण केसीको नाममा २ विकेट रह्यो। ४ ओभरमा ४६ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।