तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकप असोज १७ देखि हुने
पथरी, ३१ जेठ । ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
पथरी–११ फुटबल क्लबको आयोजनामा हुने तेस्रो संस्करणको गोल्डकपको बिजेताले रु ६ लाख प्राप्त गर्ने छ । गत बर्षको भन्दा उपाधी रकम वृद्धि गरिएको छ । क्लबले आइतबार गरेको मोरङको पथरीमा पत्रकार सम्मेलन मार्फत गोल्डकप बारे जानकारी दिएको हो ।
क्लबका अध्यक्ष सुमन वि।क।ले प्रतियोगिता सफल बनाउन खेलप्रेमी, सञ्चारकर्मी, प्रायोजक संस्था तथा स्थानीय व्यवसायीलाई सहयोगको अपिल गरेका छन्। गोल्डकप पथरीशनिश्चरे स्थित पथरी रंगशालामा सन्चालन हुने छ ।
गोल्डकपको बिजेताले ६ लाख नगद र उपबिजेताले ३ लाख नगद सहित ट्रफी प्राप्त गर्ने छ । सहलेस फुटवल क्लब दोस्राे संस्करणको गोल्डकपको बिजेता टोली हो । गोल्डकपमा २ बिदेशी र ए डिभिजन क्लब सहित १० टोली प्रतिस्पर्धा गर्ने छ्न ।

