आइतबार बिदा हटाउने संकेत, कोशी सरकार पुनरावलोकनको तयारीमा

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कार्यालयमा लागू गरिएको आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने संकेत गरेको छ।

सेवा प्रवाहको प्रभावकारिता र नागरिकको सहजतालाई ध्यानमा राख्दै प्रदेश सरकारले बिदा व्यवस्थाबारे पुनर्विचार गर्ने भएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप ले आइतबारको बिदा पुनरावलोकन गरिने घोषणा गरेका हुन्।

प्रदेश सरकारले संघीय सरकारको अभ्याससँग मेल खाने उद्देश्यले लागू गरिएको आइतबारको बिदाले अपेक्षित नतिजा दिन नसकेको निष्कर्षतर्फ उन्मुख देखिएको छ। बजेट वक्तव्यमार्फत सार्वजनिक भएको यो संकेतले प्रशासनिक संरचना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको बुझिएको छ।

यसअघि हिक्मतकुमार कार्की ले पनि आइतबारको बिदा हटाउने विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै सरोकारवालासँग सुझाव मागेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖