काठमाडौं महानगरको २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकासलाई उच्च प्राथमिकता

काठमाडौं, ०५ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार नगर सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको जानकारी दिइन्।

प्रस्तावित बजेटअनुसार आगामी वर्ष २५ अर्ब १३ करोड ३० लाख रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने तथा ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारतर्फ खर्च हुने अनुमान गरिएको छ। महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त अनुदान, समानीकरण अनुदान तथा राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जनसहभागितामार्फत थप १ करोड रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ।

क्षेत्रगत बजेट विनियोजनमा पूर्वाधार विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ। यस शीर्षकमा १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ अर्थात् ९.६ प्रतिशत बजेट छुट्याइएको छ भने आर्थिक विकास क्षेत्रका लागि ५४ करोड १८ लाख रुपैयाँ अर्थात् २.१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।

यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ अर्ब १३ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ४ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ अर्थात् कुल बजेटको १८.८ प्रतिशत रकम प्रस्ताव गरिएको छ।

महानगरले आगामी वर्ष सडक, पूर्वाधार तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖