कृषि पर्यटनमा चम्किंदै फिदिम नगरपालिका

जीवनप्रसाद राई । कुनै समयमा कुना जस्तै लाग्ने फिदिम हाल आएर चौतर्फी सडक पँहुचको केन्द्र बनेको छ । पाँचथरको चिवा भञ्याङ देखि बैतडीको झुलाघाट सम्म पुग्ने मध्यपहाडि लोकमार्गले फिदिम बजारलाई मात्रै होईन फिदिम नगरपालिकाको धेरै वडाहरु चिरेको छ । यसैगरि झापाको बिर्तामोड हुदै भारत पुग्ने देखि ताप्लेजुङ हुदै चीन सम्म पुग्ने बाटो फिदिमको लाईफलाईन नै थियो ।

पछिल्लो समयमा मध्य पहाडि बाटो हुदै तेह्रथुम जिल्ला आठराई म्याङलुङ हुदै बसन्तपुर धनकुटा, संखुवासभा र भोजपुर सम्म यात्रा गर्ने सहज बाटो निर्माण भएको छ । तमोर कोरिडोर तथा भेडेटार राँके हुदै फिदिम नै जोडिने अर्को महत्वपुर्ण सडक खण्डका कारण पाँचथरको फिदिम सडक संजालको राजधानी बन्न पुगेको छ ।

ईलाम नगरपालिकाले जसरी फिदिमले चियामा फड्को मार्न नसके पनि चिया पर्यटनको लागि यहाँ निकै महत्वपुर्ण काम भईरहेको छ । टंक राईले शुरुवात गर्नुभएको चिया खेतीले पिउने चियाको उत्पादन गर्ने मात्रै नभएर चिया पर्यटनको समेत बिकास हुदै गरेको देख्न सकिन्छ । यहाँको अर्थोडक्स चिया निकै लोकप्रिय मानिएको छ । अर्गानिक रुपमा तयार पारिने यो चिया हाल देशभर मात्रै होईन भारतीय बजारमा समेत कोशेलीको रुपमा जाने गरेको बताईन्छ । टंक राई निरन्तर चियामा पौरख गर्ने ब्यक्तिको रुपमा फिदिम नगरपालिकाले मात्रै होईन सिंगो पाँचथरले प्राप्त गरेको छ । फिदिमले चियाको हरियाली बेच्ने योजना अनुसार कार्यहरु समेत अघि बढाएका छन ।

(जीवनप्रसाद राई )

सामुदायिक होमस्टेको बहार ः
फिदिम नगरपालिकाको लालीखर्क स्थित बतासे सामुदायिक होमस्टेले धेरैलाई आकर्षण गरेको छ । भनाई नै छ, संसारको कुनै पनि तारे होटलहरुको सेवा सुबिधा र बातावरण एकै नासको हुन्छ तर संसारको जुनसुकै ठाँउमा गए पनि प्रत्येक होमस्टेको सेवा सुबिधा र बातावरण फरक फरक हुने गर्दछ । यस्तै फरक खालको होमस्टे फिदिम नगरपालिका लालीखर्क बतासेमा पाईन्छ । जहाँको होमस्टे १० परिवार मिलेर संचालन गरिरहेका छन यो सामुदायिक होमस्टेको सबैभन्दा राम्रो पक्ष भनेको पुराना सामाग्रीहरुको संकलन गरि तयार पारिएको म्युजियम रहनु । यसैगरि प्रत्येक होमस्टेमा बाजागाजा तथा संगितका पुराना साधानहरु सजाएर राखिनु । भेषभुषामा सजिएर फोटो खिच्न पाउने सुबिधा समेत रहनुले बिल्कुलै नयाँपनको आभास प्रस्तुत गरेको छ ।

गाईपालनको राजधानी ः
फिदिम नगरपालिका भित्र साना देखि ठुला सम्म असंख्या मात्रामा गाईफर्महरु संचालनमा रहेका छन । कटहरेमा संचालित मोहन दाहालको गाईफर्मले धेरैको ध्यान आकर्षण गरेको छ । उनको गाईफर्ममा साना ठुला गरि ४६ वटा गाईहरु रहेका छन । मध्य पहाडि लोकमार्गको आडैमा यतिका ठुलो संख्या गाईपालन कम संख्यामा छन । यो त ठुला फर्मको कथा हो यसैगरि साना साना फर्महरु धेरै रहेका छन । यसमा नगरपालिकामा दर्ता गरेर पाल्ने भन्दा पनि दर्ता नगरीकनै पाल्ने कृषकहरुको संख्या अधिक मात्रामा रहेको छन । तर गाईपालनले फिदिम नगरपालिकालाई गाईपालनको राजधानीको रुपमा परिचित गरिदिएको छ ।

धेरै भन्दा धेरै मात्रामा रोजगारी सिर्जना गर्ने यो गाईपालनको गहिरो अध्ययन गर्दा कम्तिमा एक परिवारले ४ वटा दूध दिने गाई पालेको खण्डमा मासिक रुपमा ७० देखि ८० हजार रुपियाँ सम्म आम्दानी गर्न सकिने रहेछ । बजार पँहुच नजिकै भएको र यातायातको राम्रो सुबिधा भएकोले किसानले उत्पादन गर्ने अन्यत्रको जस्तो दूधलाई उधारोमा बिव्रmी गर्न नपर्ने यहाँको सबैभन्दा राम्रो पक्ष रहेछ । अझ डेरी उधोगमा छलाङ मार्दै गईरहेको ईलाम नजिकै हुनु फिदिमको राम्रो एडभान्टेज पनि रहेको छ । फिदिमको गाईपालनले अन्तरपालिका सम्बन्ध पनि राम्रो बनाएको उदाहरण प्रस्तुत गरेको छ । फिदिम नगरपालिका भित्रमा ४ माउ गाई पाल्ने कृषक संख्या निकै भेटिए । ति सबैको अनुहार उज्यालो नै पाईयो । यो गाईपालनमा फिदिम नगरले दिएको सकारात्मक सन्देश पनि हो ।

फाल्गुनन्द पदमार्ग ः
फिदिमले राम्रो लयमा कार्य गरिरहेको एउटा महत्वपुर्ण पर्यटकीय गन्तब्य हो फाल्गुनन्द पदमार्ग । यसको अध्ययनबाट एउटा निश्कर्ष निकाल्न सकिन्छ यहाँ पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । स्थानीय स्तरमा पाईने ढुंगालाई कलात्मक तरिकाले पदमार्गको निर्माणका साथै वनभोज खाने ठाँउहरु, फोहोर राख्ने ठाँउहरु, शौचालयको निर्माण आदि सबै नै ढुंगाबाट हुनु अर्को आकर्षणयुक्त कार्य हो । फिदिमबाट एक बिहानको कार्यव्रmम वा एक दिनको कार्यक्रम बनाएर समय बिताउन सकिनेछ । यो पदमार्गको आसपासका क्षेत्रहरुमा पाईने बिभिन्न वनस्पतिहरु, चियाको बगन तथा होमस्टेले समेत ध्यान आकृष्ट पार्न सक्छ ।

फिदिमले ब्राण्डिङ गर्नुपर्ने बिषयहरु ः
उचाई भएको पहाडको फेदमा अवस्थित फिदिम नगरपालिकाले बिगत २ दशकमा धेरै ठुलो फड्को मारेको छ शहरीकरणमा । चारै तर्फको बाटो पँहुच भएको र मध्य पहाडि लोकमार्गले समेत चिरेको मात्रै नभएर भारतको सिक्किम र दार्जिलिङबाट समेत पँहुचमा रहेको यो फिदिम नगरपालिकाले धेरै फाईदा लिन सक्नेछ । निकट भविष्यमा नै उपमहानगरपालिका बन्ने सौभाग्य प्राप्त गर्न सक्ने संभावनालाई समेत नकार्न सकिन्न । बजारीकरणको रफ्तारको कारणले अब फिदिम नगरले मानव निर्मित रुपमा निम्न बिषयलाई ध्यान दिनै पर्ने देखिन्छ ।

१ . कालो सुंगुर प्रबर्धन
कालो सँगुरको उत्पादन र बजारको सहजता भएको अनि सुँगुरमैत्री समाज भएको फिदिम नगरपालिका भित्र राम्रो तथा ब्यवस्थित रुपमा कालो सुँगुरको पालन केन्द्रहरु तथा यसको मासुको आधुनिक बधशाला तथा बिव्रmी केन्द्रहरु बनाउनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिन्छ । कोशी प्रदेशमै बंगुर÷सुँगुर लाई उत्पादनको एउटा प्रमुख मेरुदण्ड मानिएको यो सुँगुरको बढ्दो बजार हो फिदिम । यही कारणले मासुको खपतको दृष्टिले मात्रै नभएर यहाँ यसको प्रशोधन तथा मुल्यश्रृखंला जन्य कार्यहरु समेत हुन सके यसबाट फिदिम नगरपालिकाले कोशी प्रदेश र नेपालकै ध्यान आकर्षण गर्न सक्नेछ ।

२. तले पर्यटन प्रबर्धन
फिदिम बजार समुद्र सतह देखि ११ सय मिटर आसपासमा रहेकोले यहाँ गर्मी नै हुन्छ । मानिसहरुको बाक्लो चाप बढेसंगै यहाँबाट नजिकैको १८ सय मिटर भन्दा माथिका देउराली, लालीखर्क र फाल्गुनन्द पदमार्ग तर्फ पर्यटकहरुलाई लिएर गएर दिनभरको आनन्द दिलाउन सकिनेछ । यसैगरि यहाँबाट हेवाखोला, फेवाखोला लगायतका खोलाहरु भएकोले पानीमा गर्न सकिने पर्यटनको समेत आनन्द दिलाउन सकिन्छ । यही बिषयलाई फिदिम नगरले योजनाबद्ध रुपमा कार्य गर्ने हो भने यहाँ तले पर्यटनको संभावना ज्यादै रहनुको साथै महत्वका साथ ध्यान दिनुपर्ने बिषय हो ।

३. कनेन्टिभिटी पर्यटन प्रबर्धन
फिदिमलाई अर्को बिशाल र महत्वपुर्ण अवसर पनि छ त्यो हो बढ्दो भारतीय पर्यटकहरुलाई आफुले मार्केटिङ गरेर नेपालको अर्को जिल्लाहरुलाई समेत उपलब्ध गराउने । नेपालको अर्थतन्त्रलाई चलायमान मात्रै नभई गतिशील बनाउनका लागि हामीले ध्यान दिनुपर्ने तथा लगानी गर्नुपर्ने एक मात्रै तथा पहिलो बिषय नै पर्यटन हो । यसमा फिदिम नगरपालिकाले यसको मर्म र महत्व बुझेर यतातर्फ लाग्न जरुरी देखिन्छ । यो निकै संभावना भएको क्षेत्र हो ।

४. बिशाल डेरी उधोग स्थापना
फिदिम नगरपालिका भित्र गाईपालन अवस्थाको अध्ययन भ्रमण गरिसके पछि एउटा निश्कर्ष निकाल्न सकिन्छ । यहाँ बडेमानको राम्रो डेरी उधोग संचालन गर्नका लागि पहलकदमी गर्न ढिला भईसकेको छ । ईलामले जस्तै फिदिमको पनि आफ्नै ब्राण्डमा देश बिदेशमा यसको उत्पादनहरु जस्तै दही, मही, ध्यु, बटर, पनिर, छुर्पि, चिज, व्रिmम, नौनी देखि मिठाई, चक्लेट तथा बम्बईसन जस्तो महत्वपुर्ण तथा प्रभावकारी उत्पादनहरु गरेर एउटा बेग्लै पहिचान गर्न सकिने संभावना फिदिमले बोकेको छ । यसका लागि लगानीकर्ताहरु संगको संवाद फिदिमले पहल गर्नुपर्दछ ।

५. ईभेन्ट म्यानेजमेन्ट
नेपालको तराई तथा भारतीय बजारको सडक पँहुच भएको फिदिमले ठुला ठुला कार्यव्रmमहरु गर्न सक्ने पार्किङ समेतको अत्यधुनिक खालका सेमिनर हल तथा बडेमानका कार्यव्रmमहरु गर्न सकिने खालको ईभेन्ट म्यानेजमेन्टका लागि तयारी थालनी गर्नुपर्ने आवश्यकता देखियो । प्रदेश स्तरीय कार्यव्रmमहरु देखि लिएर राष्ट्रिय स्तरका कार्यक्रमहरु समेत फिदिमले चाहेमा गर्न सकिने संभावना ज्यादै रहेको छ । जसबाट फिदिमको राष्ट्रिय गौरब नै अर्कै हुनेमा कसैले आंकलन गरेको नहुन सक्छ ।

६. मनोरन्जन पार्क

पहाडी नगरहरुको प्राय समस्याको रुपमा रहेको मनोरन्जन पार्कहरु ब्यवस्थापन गर्न नसक्नु । तर फिदिमले ठाँउ ठाँउमा फिदिम नगरपालिका लेखिएको मेचहरु राखिदिएर राम्रो सेवा प्रदान गरेको पाईयो । तर यहाँ पनि बोटानिकल गार्डेन तथा दिनभर घुमेर पनि अघाउन नसकिने खालको मनोरन्जन पार्कहरु छैनन । यसैले फिदिमले पर्यटकहरुका लागि मनोरन्जन पार्क निर्माण गर्न भने एकदमै जरुरी रहेको देखियो । ईच्छाशक्तिको अघि यस्ता कर्महरु केही पनि होईनन संभव छ ।

(लेखक राई कृषि पर्यटन अभियान लिएर देशका ७७ वटै जिल्ला पुग्ने पहिलो नेपाली हुन । उनका २३ पुस्तक प्रकाशित छन । कृषि पर्यटन उधम संग सम्बन्धित रहेर धनकुटाको हिलेमा ब्यवसाय समेत गरिरहेका राई हाल कोशी प्रदेशको पालिकाहरुको कृषि पर्यटन अध्ययन र खोजमा संलग्न रहेका छन ।सह सम्पादक)

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।