निर्माणाधीन जलविद्युत् आयोजनालाई ७ दिनभित्र प्रगति विवरण बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं, ०८ असार । विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेर निर्माण चरणमा रहेका जलविद्युत् आयोजनाको प्रगति अनुगमनलाई तीव्र बनाउँदै नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धक कम्पनीहरूलाई अद्यावधिक प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र विवरण नबुझाए सम्झौताअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले पीपीए सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् खरिदबिक्री सम्झौताअनुसार निर्माणाधीन आयोजनाको प्रगति विवरण चौमासिक रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ। सोही व्यवस्थाअनुसार सबै सम्बन्धित कम्पनीलाई आफ्नो आयोजनाको अद्यावधिक प्रगति प्रतिवेदन उपलब्ध गराउन आग्रह गरिएको हो।

सूचनाअनुसार पीपीए सम्पन्न भई निर्माण चरणमा रहेका सबै जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र विभागमा प्रगति प्रतिवेदन पेश गर्नुपर्नेछ। आयोजनाको निर्माण अवस्था, सम्पन्न भएका काम तथा बाँकी कार्यको विवरण प्रतिवेदनमा समावेश गर्नुपर्ने जनाइएको छ।

विद्युत् व्यापार विभागले निर्धारित समयसीमाभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीए सम्झौतामा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न, निर्माण प्रगतिका उपलब्धि तथा चुनौती मूल्यांकन गर्न र देखिएका समस्याको समाधानका लागि आवश्यक पहल गर्न यो व्यवस्था लागू गरिएको हो। यसबाट आयोजना कार्यान्वयनको प्रभावकारी अनुगमन तथा समयमै सम्पन्न गराउने प्रयासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖