यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-०ले बिजयी

काठमाडौं, ८ असार । । स्टार विंगर लामिन यमाल यस विश्वकपमा गोल हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

 

यमालको गोलीवाट फिफा विश्वकपमा गोलको खाता खोलेको दिन युरोपियन च्याम्पियन स्पेनले साउदी अरेबियाविरुद्ध ४–० को प्रभावशाली जित हासिल गरेको छ ।

 

फिफा विश्वकप २०२६ अन्तर्गत एट्लान्टा रंगशालामा सम्पन्न समूह ‘एच’को खेलमा स्पेनले  सुरुआती मिनेट देखि नै आक्रमक खेल प्रस्तुत गरेको थियो ।   खेलको १०औं मिनेटमा स्ट्राइकर मिकेल ओयारजाबालको पासमा यमालले ट्याप इन गोल गर्दै स्पेनलाई अग्रतामा दिलाएका थिए ।

 

सो गोलसँगै १८ वर्ष ३४३ दिनका यमाल फिफा विश्वकप इतिहासमा आठौं कान्छा गोलकर्ताको रेकर्डसमेत बने। र, स्पेनका लागि उनी दोस्रो सबैभन्दा कान्छा गोलकर्ता भए । यसअघि स्पेनका मिडफिल्डर गाबीले सन् २०२२ कतार विश्वकपमा १८ वर्ष ११० दिनको उमेरमा गोल गरेका थिए ।

 

पहिलो खेलमा नवप्रवेशी केप भेर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि चौतर्फी आलोचना भोगेको स्पेनले २४ मिनेटभित्र थप दुई गोल गरेर नयाँ किर्तिमान काम गरेको थियो । २१औं मिनेटमा ओयारजाबालले गोल गरेको तीन मिनेट बित्न नपाउँदै २४ मिनेटमा दोस्रो गोल गरेर स्पेनलाई ३–० अग्रता दिलाउन सफल भएका थिए । खेल अवधिभर ६७ प्रतिशत पोजेसन कायम गरेको स्पेनका कुकुरेयाले ४९औं मिनेटमा चौथो गोल गरिदिए । 

 

यो जितसँगै स्पेनले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । अन्तिम ३२ मा प्रवेश गर्न समूहको अन्तिम खेलमा स्पेनलाई उरुग्वेविरुद्ध कम्तिमा एक अंक आवश्यक पर्नेछ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।