धनकुटाको साँगुरीगढी गाउँपालिका वडा स्तरीय चौथो पुरुष तथा महिला रनिङ शिल्ड फुटबल सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा गाउँपालिका वडा स्तरीय चौथो रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ।

असार ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताका खेलहरू वडा नं. ३ स्थित खुवाफोक खेलमैदानमा सम्पन्न भएका हुन्। प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटै वडाबाट पुरुष तथा महिला खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको महिलातर्फ वडा नं. ३ ले वडा नं. ४ लाई ५-० गोलअन्तरले पराजित गर्दै विजेता बनेको छ भने वडा नं. ४ उपविजेता बनेको छ। त्यसैगरी पुरुषतर्फ वडा नं. ५ ले वडा नं. ४ लाई २-१ गोलअन्तरले पराजित गर्दै विजेता बनेको छ भने वडा नं. ४ उपविजेता बनेको छ। महिलातर्फ विजेता बनेसँगै वडा नं. ३ खुवाफोकले लगातार तेस्रो पटक उपाधि जित्दै रनिङ शिल्ड हात पारेको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेता हुने टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी महिलातर्फ विजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजकले विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरेको थियो। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको छ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष केशर लिम्बू र ३ नं. वडा स्तरीय खेलकुद विकास समिति खुवाफोक धनकुटाका पदाधिकारीहरूले पुरस्कार वितरण गर्नुभएको थियो।

साँगुरीगढी गाउँपालिका भेडेटारको आयोजना तथा साँगुरीगढी गाउँपालिका ३ नं. वडा स्तरीय खेलकुद विकास समिति खुवाफोक धनकुटाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुदको विकास, प्रतिभाको पहिचान तथा युवायुवतीहरूबीच आपसी सद्भाव, एकता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।