पुर्व अर्थमन्त्री पौडेल ७ दिन थुनामा रहने

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल ७ दिन थुनामा रहने भएका छन्।

विशेष अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। बिभागले अनुसन्धानका लागि २० दिन थुनामा राख्न समय माग गरेको थियो ।
 
विशेष अदालतका सदस्यत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई हिजो देखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई पार्टी कार्यक्रममा गएको बेला हिजो सुर्खेतस्थित शुभ होटलबाट पक्राउ गरिएको थियो । उनलाई आज अपरान्ह स्थलमार्ग हुदैँ बिभागको ललितपुरस्थित कार्यालयमा लगिएको थियो ।
 
त्यसपछि माइतीघरस्थित सरकारी वकिलको कार्यालय हुदैँ बिशेष अदालतमा आज उपस्थित गराइएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।