प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौ, १४ असार । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
अबको १५ मिनेटपछि बस्ने बैठकमा पूर्वसांसद राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।


