भोजपुर र इलाम सहित देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्द
धनकुटा,१५ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण केही राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
भोजपुरमा बाढीका कारण सडक अवरुद्ध
भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा २०८३ साल वैशाख १२ गतेदेखि आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। उक्त सडक हाल एकतर्फी सञ्चालन भइरहेको छ भने वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ।
इलाममा पहिरोले मेची राजमार्ग अवरुद्ध
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा २०८३ असार १३ गते खसेको पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
काभ्रेपलाञ्चोकमा संभावित बाढीको जोखिम
काभ्रेपलाञ्चोक जिल्लामा २०८३ जेठ २२ गतेदेखि संभावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा सवारी आवागमनमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
मकवानपुरको कुलेखानी–फाखेल–फर्पिङ सडक एक महिना बन्द
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्डमा सडक मर्मत कार्य सञ्चालन गरिने भएकाले उक्त सडकमा सवारी साधन सञ्चालन रोक लगाइएको छ। सम्बन्धित निकायका अनुसार वि.पी. राजमार्ग सडकखण्डअन्तर्गत पर्ने उक्त मार्ग एक महिनासम्म पूर्ण रूपमा बन्द रहने छ।


