कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा सहित २२ जना घाइते भएका छन्। घाइतेहरूमा बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, चितवन र दार्चुलाका यात्रुहरू रहेका छन्।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

बसमा चालकसहित ४६ जना सवार रहेकोमा दुर्घटनापछि सकुशल रहेका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖