विराटनगरमा स्कारपियो घरमा ठोक्कियो, विद्युत् पोलमा पनि क्षति
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ भट्टाचोकमा स्कारपियो गाडी अनियन्त्रित भएर घरमा ठोक्किँदा घर र विद्युत् पोलमा क्षति पुगेको छ।
आज बिहान करिब ९ः४० बजे रानीबाट भट्टीमोडतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ च ८५३५ नम्बरको स्कारपियो अनियन्त्रित भई स्थानीय विनोद साहको घरमा ठोक्किएको प्रहरीले जनाएको छ।
घरमा ठोक्किएपछि स्कारपियो अगाडि रहेको विद्युत् पोलमा समेत ठोक्किएको थियो। दुर्घटनाबाट घर र पोलमा क्षति पुगेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


