बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १७ असार। बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने संखुवासभा मादी नगरपालिका–६ पुलुङ घर भएका ३६ वर्षीय लाल बहादुर भुझेललाई पक्राउ गरिएको हो।
उच्च अदालत विराटनगरको २०८० साउन १६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भए पनि उनी फरार रहेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।


