धनकुटाको साँगुरीगढीमा प्रथम टोल स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० भुल्के धारापानीमा प्रथम टोलस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता असार १६ र १७ गते सञ्चालन गरिएको थियो।

प्रतियोगिताको आयोजना साँगुरीगढी गाउँपालिका १० नं. वडा कार्यालय ताम्राङ्ग धनकुटाले गरेको थियो भने लालीगुराँस युवा क्लब साँगुरीगढी गाउँपालिका वडा नं. १० ताम्राङ्ग धनकुटाले व्यवस्थापन गरेको थियो।

फाइनल खेलमा पुरुषतर्फ धारापानी ‘ए’ले धारापानी भेट्रान्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। त्यसैगरी महिलातर्फ धारापानी ‘ए’ले धारापानी ‘बी’लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीले नगद १८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद १२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। महिलातर्फ विजेता टोलीले नगद १२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद ६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

पुरुषतर्फ सर्वाधिक गोलकर्ता माधव राई, उत्कृष्ट गोलकिपर संगम राई, उत्कृष्ट फरवार्ड कमल राई र उत्कृष्ट खेलाडी टंकराज राई घोषित भएका छन्। महिलातर्फ सर्वाधिक गोलकर्ता सानू राई, उत्कृष्ट गोलकिपर अनिता राई, उत्कृष्ट फरवार्ड पृन्सा राई र उत्कृष्ट खेलाडी आयुषा राई घोषित भएका छन्।

प्रतियोगितामा वडा नं. १० भित्रका पुरुषतर्फ ९ टोली र महिलातर्फ ४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।