१० खेलाडीमा सिमित भए हुंदा पनि अमेरिका अन्तिम १६ मा प्रवेश
काठमाडौं । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सह आयोजक राष्ट्रहरू क्यानडा, मेक्सिकोसँगै अमेरिका पनि अन्ततः अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा बिहिबार बिहान सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी हुदै प्रि क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरेर योगदान गरेका हुन । ४५औं मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए भने पहिलो अग्रता दिलाए पनि बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिन बिवश भयो ।
त्यसपछि पछि अमेरिका १० खेलाडीमा सीमित रह्यो, १० खेलाडीमा सीमित रहे पनि अमेरिकाले ८२औं मिनेटमा अर्को गोल थप्यो । टिलम्यानले प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छिरे पछि अमेरिका २–०को अग्रता सम्हाल्न सफल भयो । अन्ततः सोही गोली निर्णायक हुदैँ अमेरिका २–० ले विजयी भयो ।
अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।

