केप भेर्डे बिरूद्द अर्जेन्टिनाकाे संघर्षपुर्ण जीत

काठमाडौं, २० असार । केप भेर्डेविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 

अतिरिक्त समयमा धकेलिएको खेलमा अर्जेन्टिनाले ३–२ ले विजयी हासिल गर्यो । तीन गोल अतिरिक्त समयमै सम्भव भएका थिए ।

 

शनिबार नेपाली समयअनुसार बिहान ३ः४५ बजे सुरु भएको खेलमा कप्तान लियोनल मेसीले अर्जेन्टिनालाई अग्रतामा ल्याएका थिए । उनले २९औं मिनेटमा ‘क्लास गोल’ गरे । मेसीले सेन्टरब्याक लिसान्ड्रो मार्टिनेजको लामो दूरीको पासलाई सुन्दर तारिकाले नियन्त्रण गरे । त्यसपछि गोलकिपर भोजिन्हालाई बिट गरे ।

 

अतिरिक्त समयमा मार्टिनेजले नै अर्जेन्टिनालाई २–१ को स्थितिमा पुर्याए । मिडफिल्डर एलेक्सिस म्याकेलेस्टरको पासमा मार्टिनेजले बक्स भित्र सुन्दर प्रहार गर्दै बललाई पहिलो बारको जाली चुमाए । त्यसअघि निर्धारित समयको ५९औं मिनेटमा राइट साइडबाट आएको कटब्याकलाई डेरोय डुआर्टेले सदुपयोग गरे ।

 

मार्टिनेजको गोलपछि पछाडि परेको केप भेर्डे अतिरिक्त समयको पहिलो हाफमै खेलमा पुनः फर्कियो । सिड्नी लोपेस काब्राले सनसनीपूर्ण गोल गरे । विश्वकप २०२६ कै उत्कृष्ट गोलमध्ये एक थियो काब्राको गोल । उनले बक्स बाहिरबाट राइट फुटेड प्रहारले फार पोस्टको टप कर्नर जाली चुमाए ।

 

खेलको १११औं मिनेटमा सेन्टरब्याक डिने बोर्जेसले आत्मघाती गोल गर्न पुगे । मेसीको क्रसमा क्रिस्टियन रोमेरोले हेडरमार्फत बललाई पोस्टको दिशा दिन खोजेका थिए । अन्त्यमा बल डिनेसँग लाग्दै पोस्टभित्र गयो ।

 

यस विश्वकपमा मेसीको यो सातौं गोल हो । उनी उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा छ । उनलाई ६ गोलसहित फ्रान्सका कप्तान किलियन एमबाप्पेले पछ्याइरहेका छन् ।

 

अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार इजिप्टसँग खेल्नेछ । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।