कोशी प्रदेशमा लागूऔषध सहित ५ जना पक्राउ

विराटनगर, असार २० । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर, ३९ मिलिग्राम चरेस र ६ किलो २८० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

मोरङको कटहरी गाउँपालिका–२ मा प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले ७ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर र ३९ मिलिग्राम चरेससहित प्रदीप सिंह, राकेश सिंह र कटहरी–४ का कपिल मुखियालाई पक्राउ गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय रानी तथा बुधनगरबाट खटिएको टोलीले मोरङको जहदा गाउँपालिका–२ बाट जहदा गाउँपालिका–७ का एक बालकलाई ६ किलो २८० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी, सुनसरीको धरान–५ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र देउरालीबाट परिचालित टोलीले धरान–५ का पर्वत दर्जीलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ प्रदेशभर लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिइएको छ। पक्राउ परेका सबैविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖