जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार डाँका चोरी मुद्दाका प्रतिवादी सर्लाहीबाट पक्राउ
काठमाडौ । काठमाडौं स्थित जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागार कार्यालयबाट फरार भएका डाँका चोरी मुद्दाका प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन्।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते भएको Gen-Z आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा खोजी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका योन्जनमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।


