सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं, २० असार। बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिनमा  १५ हजार जनाले रोजगारी पाएको दावी गरेको छ । 

सरकार गठन भएको १०० दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहबाट छनौट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजारले रोजगारी पाएको दावी गरेको हो ।

यसैगरी, सरकारले काठमाडौँका विभिन्न सुकुमबासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।

यस अवधिमा एक सय २३ प्रतिष्ठान र एक लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी समेत उनले दिए । 

यस्तै, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएका ४ सय जना प्राध्यापकहरूबाट १३ करोड २३ लाख रुपैयाँ राजस्व फिर्ता गर्न सफल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖