गृहमन्त्री सुदन गुरुङद्वारा मोरङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण, नागरिकमैत्री सेवा दिन निर्देशन

विराटनगर, असार २० । गृहमन्त्री सुदन गुरुङले शनिबार मोरङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको पिरमर्का र गुनासो सुने।

उनले समाजमा अपराध नियन्त्रण गर्दै शान्ति–सुरक्षा कायम राख्न प्रहरीबीच आपसी भाइचारा र सहयोगी भावना अभिवृद्धि गर्न, आचरण तथा व्यवहारमा सुधार ल्याउन र आफ्नो कर्तव्य, जिम्मेवारी तथा अधिकारको इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए।

गृहमन्त्री गुरुङले संगठनको हित र उद्देश्यलाई सदैव प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖