जंगली हात्तीको आक्रमणबाट आमा र ४ वर्षीय छोराको मृत्यु

चितवन, असार २१ — चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणबाट आमा र उनका ४ वर्षीय छोराको दुःखद मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले घरभित्र सुतिरहेका उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणमा गम्भीर घाइते भएका दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीलाई धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो। घटनाको जानकारी पाएपछि नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖