झापा काँकडभिट्टा नाकाबाट १५ वर्षीया बालिकाको उद्धार, एक युवक पक्राउ
झापा । झापाको काँकडभिट्टा–पानीटंकी सीमा नाकाबाट १५ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मानव तस्करीको सम्भावित जोखिमबाट जोगाउँदै बालिकाको उद्धार गरेको हो।
एसएसबीका अनुसार एक युवकले झुटो आश्वासन दिएर बालिकालाई भारत लैजाने प्रयास गरेका थिए। प्रारम्भिक अनुसन्धानमा युवकले दुई दिनअघि मात्र बालिकासँग भेटेर विश्वास जितेको खुलेको छ।
घटनापछि आरोपी युवकलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाइएको छ। उद्धार गरिएकी बालिकालाई सुरक्षित स्थानमा राखी आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।


