राष्ट्रियसभा बैठकमा ९ मन्त्रीले जवाफ दिने
काठमाडौं, २२ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२ः१५ बजे देखी सुरू हुनेछ ।
आजको बैठकमा ‘बिनियोजन बिधेयक, २०८३’ माथी उठेका प्रश्नहरूको जवाफ १० वटा मन्त्रालयका सबन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।
जस अनुसार उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालय, कृषी, बन तथा पर्यावरण मन्त्रालय, पुर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयसँग सबन्धित प्रश्नको जवाफ सबन्धित मन्त्रीहरूले दिनेछन् भने बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय सबन्धित प्रश्नको पनि जवाफ दिइनेछ ।
राष्ट्रियसभा अध्यक्षले ‘बिनियोजना बिधेयक, २०८३ अन्तर्गत बिभिन्न शिर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘बिनियोजन बिधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने उनले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त आर्थिक बिधेयक, २०८३ र राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।


