प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्ष बिच भेटबार्ता
काठमाडौं, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा बिच भेटबार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डा बिच भेटवार्ता भएको हो ।
भेटवार्ता नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पुर्वाधारमा केन्द्रित रहेको प्रधानमन्त्री शाहका प्रेस संयोजक दिपा दाहालले जानकारी दिइन् ।


