राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएका चार वटा महत्त्वपूर्ण विधेयकले राष्ट्रपतिको प्रमाणीकरण पाएसँगै कानुनी कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाइएका चार विधेयक शुक्रबार प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यी विधेयकले ऐनको रूप लिने संवैधानिक प्रक्रिया पूरा गरेका छन्। अब सम्बन्धित कानुनी प्रक्रिया सम्पन्न भएपछि संशोधित व्यवस्थाहरू कार्यान्वयनमा आउनेछन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖