आफ्नै शरिरमा आगो लगाएका नेपालीको निधन
काठमाडौं, २६ असार । आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।
नेपालीको निधनले सिंगो मुलुक स्तब्ध भएको छ ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११ः२० मा निधन भएको हो । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि उनले आफ्नो शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राति नै उनलाई थप उपचारका लागि भारत लाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था झन् जटिल बनेको गए पछि चिकित्सकले रोकेका थिए। वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको हिजो नै जानकारी दिएका थिए ।
अन्ततः उनको उपचारको क्रममा आज निधन भएको हो ।


