प्रहरी महानिरिक्षक कार्की स्वदेश फर्किए
काठमाडौं, ३१ असार । प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वदेश फर्किएका छन ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं ‘युएन कोप्स समिट’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका हुन ।
प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए ।
समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरेको जनाइएको छ ।
समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल गत असार २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


