दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुने आदेश, अन्य मुद्दाका कारण भने थुनामै रहने

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बीमा तथा धितोपत्रसम्बन्धी कसूरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि अग्रवालसँग कुल ५ करोड ८० लाख रुपैयाँ र भट्टसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

अदालतले बीमा ऐनअन्तर्गतको कसूरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसूरमा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। साथै, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर नक्कली असाइनमेन्ट कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी मागिएको छ।

असार २४ गतेदेखि एक सातासम्म लगातार भएको थुनछेक बहसपछि अदालतले यी मुद्दामा पुर्पक्षका लागि थुनामा राखिरहनुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकालेको हो। तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले भट्ट र अग्रवाल तत्काल रिहा हुने छैनन्।

यही मुद्दामा अदालतले कृषव अग्रवाल, पूर्व सञ्चालक दीपककुमार श्रेष्ठ, सुजल मल्लसहित अन्य १२३ प्रतिवादीलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖