बालकलाई जोगाउन खोज्दा अटो दुर्घटना, चालक सहित ६ जना घाइते

नवलपरासी (पश्चिम), साउन ५ — नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा बालकलाई बचाउने क्रममा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ८ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चार जनाको लुम्बिनी सिटी अस्पताल, बुटवल र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा अटो चालक सुस्ता गाउँपालिका–१ निवासी ४५ वर्षीय प्रेमबहादुर जर्घा, बर्दघाट नगरपालिका–१६ निवासी ७० वर्षीय मानबहादुर सिंजाली, १६ वर्षीया दृष्टि सारु मगर, ३८ वर्षीया ललिसरा सारु मगर, ४० वर्षीया अनिता गाहा मगर तथा १६ वर्षीया निरमा गाहा मगर रहेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।