सिमरावाट बेपत्ता ट्रक दुर्घटनाग्रस्त अवस्थामा चितवनमा, सह चालकको खोजी तीव्र

सञ्जय मिश्रा/बारा, ५ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बाट रहस्यमय रूपमा हराएको ट्रक चितवनमा बससँग ठोक्किएको अवस्थामा फेला परेको छ। घटना पछि ट्रक लिएर हिँडेका सहचालक फरार भएका छन्।

 

प्रहरीका अनुसार चालक अनोज थापाले आइतबार राति करिब ९ बजे ना ७ ख १३५७ नम्बरको टाटा ट्रक आफ्नै घरअगाडि पार्किङ गरेका थिए। रातिको समयमा ट्रकका सह चालकले कसैलाई जानकारी नदिई ट्रक लिएर हिँडेपछि सम्पर्कविहीन भएको भन्दै थापाले सोमबार बिहान प्रहरीमा जानकारी गराएका थिए।

 

सूचना पाएलगत्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा सोही ट्रक सोमबार बिहान चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकले ओभरटेक गर्ने क्रममा म प्र ०३–००१ ख ९५२१ नम्बरको बसलाई ठक्कर दिएको थियो। दुर्घटना पछि ट्रक छाडेर सहचालक फरार भएका छन्।

 

हाल ट्रक इलाका प्रहरी कार्यालय रामनगर, चितवनको नियन्त्रणमा रहेको छ। ट्रक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी सोम गुरुङको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।

 

फरार सहचालकको खोजीका साथै ट्रक अनधिकृत रूपमा कसरी लगियो र दुर्घटनासम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

तस्विरः एआई

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।