सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुली, ५  साउन  । सिन्धुलीको कमलामाई नगरपालिका-४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सिर्जना गर्दै आएका छन् । हाल सङ्ग्रहालयमा झन्डै ३०० वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए ।

उनका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक सङ्ग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको रु ४९ लाख ९९ हजारको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ ।

तस्विरहरूः प्रदिपराज वन्त

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖