फोर्स गाडी दुर्घटना हुंदा १९ जना घाइते,३ जनाको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो। गाडी गुर्भाकोट नगरपालिका–१३ का ४३ वर्षीय गगन थापाले चलाएका थिए। गाडीमा चालकसहित २० जना सवार रहेकामा चालक सुरक्षित रहेका छन् भने अन्य १९ जना घाइते भएका हुन्।

घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। उपचाररतमध्ये गणेश वली, ५ वर्षीय रियाज शाही र ३९ वर्षीया भावना राईको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीका अनुसार कर्णाली प्रदेश अस्पतालमा गणेश वली उपचाररत छन्। कर्णाली केयर अस्पतालमा ममता पुन र उनका ५ वर्षीय छोरा रियाज शाहीको उपचार भइरहेको छ। माया अस्पतालमा विष्णुमाया सुनार, प्रविन सुनार, भावना राई तथा उनका २ वर्षीय छोरा प्रज्वल राई उपचाररत छन्।

त्यसैगरी मेहेलकुना अस्पतालमा जैसरा बुढा, भुमिसरा खड्का, उदयराम भुजेल, धनमाया भुजेल, टिका खत्री, भीमबहादुर थापा, तुलसरा सुनार, सक्षम बुढा, प्रिति गुरुङ, शान्ता खत्री, भावना आले र मनिषा थापाको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖