रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

सञ्जय मिश्रा
,
रौतहट, ६  साउन।  जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, शान्ति–सुरक्षा, राजस्व संकलन तथा सेवा प्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

 

सिडियो दिनेश सागर भुसालका अनुसार कार्यालयले एक वर्षमा हजारौं सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन विभिन्न सुधारात्मक कदमसमेत अघि बढाएको छ।

 

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षभर १२ हजार २७२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यस्तै ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता, ८ जनाले गैरआवासीय नेपाली नागरिकता तथा ८ जनाले बाबुको पहिचान नखुलेपछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।

 

राहदानी सेवातर्फ ८ हजार ६०७ जनाले राहदानी लिएका छन् भने २३१ जनाले हुलाकमार्फत राहदानी प्राप्त गरेका छन्। कार्यालयले ८ हजार १७९ जनाको राहदानी सिफारिस गरेको छ भने २५ जनालाई द्रुत सेवा उपलब्ध गराइएको छ।

 

राष्ट्रिय परिचयपत्रतर्फ ३२ हजार ९९० जनाको दर्ता भएको छ भने २ हजार ६२५ जनालाई परिचयपत्र वितरण गरिएको छ। यस अवधिमा ७ हजार ८०९ जनालाई निःशुल्क सिफारिस, ८ हजार १७९ जनाको निःशुल्क राहदानी फाराम भरिएको, १२९ नाबालक परिचयपत्र जारी गरिएको तथा ३ हजार १३२ विभिन्न सिफारिस तथा प्रमाणित सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।

 

प्रशासनले १ हजार २५३ वटा ठाडो उजुरी दर्ता गरी सम्बोधन गरेको छ। यस अवधिमा अभद्र व्यवहारका २४०, जुवा सम्बन्धी २, बीमा तथा क्षतिपूर्ति सम्बन्धी ४१ वटा सेवा प्रवाह भएका छन्। यस्तै २१४ हातहतियार नवीकरण, १ नामसारी, १ लगतकट्टा, २० संस्था दर्ता तथा २७२ संस्था नवीकरण गरिएको छ।

 

राजस्व संकलनतर्फ राहदानी शुल्कबाट मात्रै ५ करोड ८१ लाख ८ हजार रुपैयाँ संकलन भएको छ। हातहतियार इजाजतपत्र दस्तुरबाट ९ लाख २२ हजार २५० रुपैयाँ, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट ५ लाख ७१ हजार ६ सय रुपैयाँ, कम्पनी दर्ता दस्तुरबाट ३ लाख १७ हजार ३ सय रुपैयाँ, परीक्षा शुल्कबाट १३ हजार ३ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार रुपैयाँ तथा अन्य राजस्व शीर्षकबाट १२ हजार रुपैयाँ संकलन भएको छ।

कार्यालयको आर्थिक विवरणअनुसार आर्थिक वर्षमा ३ करोड ३५ लाख ५६ हजार २८२ रुपैयाँ आम्दानी भएको छ भने ३ करोड ९ लाख २४ हजार ९३१ रुपैयाँ खर्च भएको छ। बाँकी रकम बैंक मौज्दात रहेको प्रशासनले जनाएको छ।

शान्ति–सुरक्षा व्यवस्थापनअन्तर्गत प्रशासनले ३ पटक अन्तर्राष्ट्रिय सीमा जोडिएको जिल्लाका लागी समकक्षी बैठक, जिल्ला स्थित कार्यकाल प्रमुखहरुको बैठक १२ पटक,३ पटक कारागार निरीक्षण, ६० पटक जिल्ला सुरक्षा समिति बैठक, २४ पटक सुरक्षा निकायको निरीक्षण तथा स्थानीय तहमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी ६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सरकारी कार्यालय निरीक्षण १३ पटक, अनुगमन २५ पटक, राजमार्ग सडक अवरुद्ध रहित सञ्चालन गर्न कार्ययोजना र रोस्ट निर्माण गरिएको, स्वीकृत भई कार्वान्यनमा रहेको छ।

 

यस अवधिमा प्रशासनले २ थान पेस्तोल, २ थान कटुवा बन्दुक, १ थान १२ बोर दुईनाले बन्दुक र १३ थान गोली नियन्त्रणमा लिएको छ।

 

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणालीमार्फत ‘फर्स्ट कम, फर्स्ट सर्भिस’ सेवा, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन प्रणाली, शुद्ध तथा चिसो खानेपानी, कुलर, पंखा, प्रतीक्षालयमा टेलिभिजन, हुलाक टिकट सेवा, कार्यालय अभिलेखको डिजिटाइजेसन, म्भ्इऋ व्यवस्थापन सुदृढीकरण, एकद्वार सेवा प्रणाली, माइकिङमार्फत सूचना प्रवाह तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरेको जनाएको छ।

 

त्यसैगरी हिन्दु–मुस्लिम समुदायबीच सद्भाव कायम राख्न धार्मिक सद्भाव समितिलाई सक्रिय बनाइएको, स्थानीय तहको मागअनुसार सार्वजनिक अतिक्रमण हटाउने व्यवस्था गरिएको तथा विपद् व्यवस्थापनमा सरोकारवालाको जिम्मेवारी स्पष्ट गरिएको सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖