सवारी ज्यान मुद्दामा वडा अध्यक्ष सहित दुई जना पक्राउ

सञ्जय मिश्रा,रौतहट, २६ साउन। सवारी ज्यान मुद्दामा रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरीसहित दुईजना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा वडाध्यक्ष कोइरी र मौलापुर नगरपालिका–३ कै २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन्। दुवैजनालाई सोमबार पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

 

प्रहरीका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।

 

वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रिकिशोरको मोटरसाइकलको पछाडि सवार स्थानीय २० वर्षीय निरज कुशवाहा घाइते भएका थिए।

 

गम्भीर घाइते निरजको उपचारका क्रममा गत माघ १७ गते बिहान करिब १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।।

दुर्घटनामा  मृत्यु भएपछि सवारी ज्यान मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा फरार रहेका वडाध्यक्ष कोइरी र मोटरसाइकल चालक त्रिकिशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले बताएका छन्।

प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।