पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति, एक सुरक्षा गार्ड बेपत्ता

म्याग्दी, २६ साउन। अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ ।

पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ । 

राती ३ बजे पावरहाउसको पछाडी रहेको ल्यासीको भीरबाट रकफल भै खस्दा पावरहाउसमा क्षती पुग्नुको साथै त्यहाँ सुरक्षार्थ खटिएका खिमबहादुर वरुवाल (दिपक) सम्पर्कमा नआएको स्थानीय प्रेमबहादुर बरुवालले बताए ।

‘राती भएकोले धेरै देखिएको छैन । पावरहाउसको पछाडी रहेको पहाडको माथिल्लो पत्र खसेर गार्ड हाउस समेत पावरहाउसको केही खण्ड पुरिएको  देखिन्छ । सुरक्षा गार्ड सम्पर्कमा आउनु भएको छैन, खोज्दै छौं’ उनले भने।

०८० असार बाट यो पावरहाउस सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका, ५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गापा, ६ अमिलाकाफल स्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिएको छ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।