काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ, १३ लाखभन्दा बढी नगद बरामद

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित एक भान्साघरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १३ लाख रुपैयाँभन्दा बढी नगद र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ६ः१२ बजे गाउँवेशी थकाली भान्साघरमा कौडा खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले छापा मारेको थियो।

प्रहरी टोलीले चेकजाँच गर्दा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट रु. १३ लाख १७ हजार १२५ नगद र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ४२ वर्षीय रेशमबहादुर घ्यावा, सिन्धुपाल्चोकका ३१ वर्षीय सुमन गिरी, दोलखाकी ४५ वर्षीया हेमा गुरुङ, चितवनकी ४० वर्षीया शान्ता लामा, काभ्रेपलाञ्चोकका ४० वर्षीय नवराज नेपाल, सिन्धुपाल्चोकका ३८ वर्षीय अमर तामाङ र नुवाकोटका ४० वर्षीय रमन लामा रहेका छन्।

त्यस्तै, नुवाकोटकै ३७ वर्षीय नबिनकुमार लामा, ३३ वर्षीय सन्तोष डंगोल, झापाका ४३ वर्षीय टीकाराम बराल, ललितपुरका ४८ वर्षीय उमेश चौधरी, नुवाकोटका ६२ वर्षीय मंगलबहादुर तामाङ, ३९ वर्षीय चित्रबहादुर लामा, शिवपुरीका ३४ वर्षीय सुजन तामाङ, सिन्धुपाल्चोकका ३५ वर्षीय सरोज गिरी र इन्द्रावतीका यसबहादुर तामाङलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।