इटहरीमा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ
विराटनगर, साउन २६ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत फारमेन्सगन घर भई हाल इटहरी–८ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय अवधेश सिंह र इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय सरोज काफ्ले रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

