सानीभेरी नदीमा माछा मार्ने क्रममा बगेका युवकको शव चार दिनपछि फेला
रुकुम पश्चिम । सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएका एक युवकको शव चार दिनपछि फेला परेको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, भोटेमारास्थित सानीभेरी नदीमा साउन २२ गते माछा मार्न जाल खेल्ने क्रममा बाँफिकोट गाउँपालिका–१० निवासी अन्दाजी ३४ वर्षीय देव वलीलाई नदीले बगाएको थियो।
नदीले बगाएपछि बेपत्ता भएका वलीको खोजी गर्ने क्रममा साउन २६ गते सानीभेरी गाउँपालिका–७, सहरेखोलास्थित सानीभेरी नदीको किनारमा शव फेला परेको हो।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

