सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।


