सुनसरीमा ५.०४ ग्राम ब्राउन सुगर सहित मोटरसाइकल चालक पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ देवकोटा स्कुल नजिकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २५ प ९४७६ नम्बरको मोटरसाइकललाई शंकास्पद रूपमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–२० का ३१ वर्षीय दिपेन्द्र राईको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ५.०४ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले राईलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।